Search for a command to run...
लाहुरी भैँसी कथामा वर्गसङ्घर्ष शीर्षकको प्रस्तुत अध्ययनपत्र वर्गसङ्घर्षको विश्लेषणमा आधारित छ । वर्गसङ्घर्षले साहित्यिक कृतिमा ‘समुदायका मानिसहरुको आर्थिक अवस्था के कस्तो छ र तिनलाई कसरी चित्रण गरिएको छ भन्ने तथ्यलाई प्रष्ट पार्छ । यस अध्यनको मुख्य उद्देश्य कथामा रहेका वर्गसङ्घषका विभिन्न पक्षहरुलाई केलाउनु रहेको छ । प्रस्तुत अध्ययन साहित्यिक अध्ययनसँग सम्बन्धित हुनाले यो गुणात्मक विधि तथा पुस्तकालय कार्यमा आधारित छ । यस अध्ययनमा प्राथमिक र द्वितीयक स्रोत सामग्री रहेका छन् । प्राथमिक सामग्रीका रूपमा विश्लेष्य कथा छ भने द्वितीयक सामग्रीका रूपमा माक्र्सवादका सम्बन्धमा भएका अध्ययन, समीक्षा, भूमिका, फुटकर लेखहरूका साथै माक्र्सवाद सम्बद्ध पुस्तक तथा लेख रचनाहरू रहेका छन् । यी छनोट गरिएका सामाग्रीको अध्ययन गर्दा अध्ययनप्रश्न र निर्धारित उद्देश्यहरूको परिधिभित्र सीमित रहनुका साथै कथामा रहेको वर्गसङ्घर्र्षका आधारमा मात्र केन्द्रित भई अध्ययनको विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनको सैद्धान्तिक आधार माक्र्सवादी सिद्धान्त रहेको छ । यस सिद्धान्तका आधारमा अध्ययनका लागि छनोट गरिएको रमेश बिकलको लाहुरी भैँसी कथाको कथानक, पात्र र परिवेशको वर्गसङ्घर्षजस्ता पक्षको पहिचान गरी विश्लेषण गरिएको छ । यस अध्ययनमा वर्गसङ्घर्षका पक्षमा विचार विर्मश भएको छ ।